हेडलाईनसमाचारप्रदेश

आमाको नामबाट नागरिकता दिने विधेयक सर्वसम्मत पारित

प्रहार समाचार । काठमाडौँ, २८ जेठ २०८२ बुधवार । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ऐतिहासिक निर्णय लिँदै आमाको नामबाट पनि नागरिकता दिने स्पष्ट व्यवस्था सहितको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ मंगलबार समितिबाट पारित गरिएको हो। त

समितिका सभापति रामहरि खतिवडाका अनुसार संशोधनकर्तासहित सरोकारवालासँग पर्याप्त छलफलपछि विधेयक पारित गरिएको हो। विधेयकमा बुबाको पहिचान नखुलेका अवस्थामा आमाको विवरणका आधारमा पनि सन्तानलाई वंशजको नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ।

सुरुदेखि नै आमाको नामबाट पनि नागरिकता दिनुपर्ने माग उठ्दै आएको अवस्थामा यो विधेयक पारित हुनु ठूलो उपलब्धिका रूपमा लिइएको छ। सभापति खतिवडाका अनुसार मापदण्ड पुगेका किशोर–किशोरीले अब आमाको नामबाट नागरिकता पाउनेछन् ।

“नेपालमा पहिलोपटक आमाकाे नामबाट नागरिकता जारी गर्ने विधेयक पारित भएको छ,” खतिवडाले भने, “बुबा उल्लेख नगर्ने र आमाको नाम मात्र राख्न चाहनेका लागि यो एउटा ठुलो उपलब्धि हो। आमाले बच्चालाई जन्म दिइ हुर्काउने तर नागरिकता दिन नपाउने अवस्थाको अन्त्य भएको छ।” उनले थपे, “कोही पनि नेपाली नागरिक नागरिकताविहीन नहोस् र विदेशीले नागरिकता नलिऊन् भन्ने हाम्रो मूल लक्ष्य हो।”

तस्बिर : सामाजिक संञ्जाल


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button