हेडलाईनसमाचारप्रदेश

काठमाडौंको रानीपानीबाट जुवातास खेल्दै गरेका ८ जना पक्राउ : नामावली सहित

प्रहार समाचार । काठमाडौं, २७ जेठ २०८२ मङ्गलवार । काठमाडौंको नागार्जुन नगरपालिका-४ रानीपानीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना जुवाडेहरु पक्राउ परेका छन्। स्वयम्भू प्रहरी वृत्तको टोलीले गोप्य सूचनाका आधारमा छापा हानी सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूको साथबाट नगद एक लाख १० हजार ६३० रुपैयाँ र तासका तीन बुक बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गुल्मी, मकवानपुर, पाँचथर, सिन्धुली र नुवाकोटका विभिन्न स्थानका बासिन्दा रहेका छन्। उनीहरू काठमाडौंमा डेरा गरी बस्दै आएको खुलेको छ। पक्राउ परेका व्यक्तिमा ३२ वर्षीया उषा थापा, ५८ वर्षीय राजकुमार शाही, २६ वर्षीय सन्तोष तामाङ, ३६ वर्षीय दुर्गाबहादुर तामाङ, २४ वर्षीय तुलराम थिङ, ३४ वर्षीय मनकुमार केरुङ लिम्बु, ३५ वर्षीय धनबहादुर भोलन र २६ वर्षीय राजकुमार तामाङ रहेका छन्।

प्रहरीका अनुसार जुवातास खेल्नेक्रममा खालैबाट उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो। घटनास्थलबाट बरामद नगद र तास प्रहरी नियन्त्रणमा राखिएको छ भने उनीहरूविरुद्ध थप अनुसन्धान अगाडि बढाइएको छ।

पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूविरुद्ध जुवा ऐनअनुसारको मुद्दा दर्ता गरिनेछ। जुवातासजस्ता सामाजिक अपराध नियन्त्रणमा आफूहरू सक्रिय रूपमा लागेको प्रहरीको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button