हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको दमौलीमा प्रचण्ड गर्मीको मार : सेवा लिन लाइनमा बसेका नागरिक ढले

दमौली, २६ जेठ । तनहुँको सदरमुकाम दमौलीमा पछिल्ला केही दिनदेखि अत्यधिक गर्मी बढ्दो क्रममा रहेको छ। मंगलबार दिउँसो २ बजेर ५० मिनेटको समयमा यहाँको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ। यो अस्वाभाविक गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ। विशेषगरी अत्यावश्यक सेवा लिन सरकारी कार्यालय धाउने नागरिकलाई हैरानी थपिएको छ।

सरकारी सेवा लिने क्रममा लाइनमा लामो समय उभिनुपर्ने बाध्यता हुँदा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको छ। आज जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन लाइनमा बसेकी एक महिला अत्यधिक गर्मीका कारण बेहोस भएर ढलेकी छन्। उनलाई तत्कालै पानी खुवाएर छायाँमा सारिएको थियो। यस्ता घटना बढ्दै गएमा सेवा प्रवाहमै असर पर्न सक्ने चिन्ता जनाइएको छ। तस्बिर : सामाजिक सञ्जाल

गर्मीको कारण बजार क्षेत्रहरू सुनसानजस्तै बनेका छन्। अन्य दिनहरूमा भीडभाड हुने दमौलीको मुख्य बजार, सरकारी कार्यालय क्षेत्र र चोकहरूमा सर्वसाधारणको उपस्थिति न्यून देखिएको छ। विद्यार्थी, वृद्धवृद्धा तथा कमजोर स्वास्थ्य भएका व्यक्तिहरू बाहिर निस्कन नसक्ने अवस्था आएको स्थानीयले बताएका छन्।

स्थानीय प्रशासन तथा स्वास्थ्यकर्मीहरूले यस्तो गर्मीमा धूपमा लामो समय नबस्न, प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन र छायाँयुक्त स्थानमा बस्न आग्रह गरेका छन्। दफौली आपतालका प्रमुख डाक्टर परिवर्तन बराल गर्मीमा अत्याधिक पानी पिउने , सितल ठाउँमा बस्न र अत्यावस्यक बाहेक घर बहिन ननिस्कन सुझाउँछन् । अत्यधिक गर्मीले आउँदा दिनहरूमा थप स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले सर्वसाधारण सचेत रहनुपर्ने उनको भनाई छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button