प्रहार समाचार । तनहुँ, २६ जेठ २०८२ सोमवार । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–२ कुवादीमा जंगली चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ।

घरको आँगनमा बसेको अवस्थामा चितुवाले आक्रमण गर्दा स्थानीय दलबहादुर गुरुङका ६ वर्षीय छोरा उत्सव गुरुङ घाइते भएका थिए। बालकलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि तत्कालै बन्दीपुर अस्पताल लगिएको थियो। तर डाक्टरहरूले साँझ करिब ८:२० बजे उनलाई मृत घोषणा गरेका थिए। घटना सोमबार साँझ करिब ७:३० बजेतिर भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ। स्थानीयवासी र सुरक्षाकर्मीले जंगली जनावरको आक्रमण दोहोरिन नदिनको लागि सतर्कता अपनाउने तयारी थालेका छन्।
























