हेडलाईनसमाचारभानुगण्डकी

‘वातावरण संरक्षणले रोजगारीमा टेवा पुर्याउछ ।’- नगरप्रमुख त्रिपाठी

भानु नगरपालिकाका नगरप्रमुख आनन्द राज त्रिपाठीले वृक्षारोपण गर्नु केवल हरियाली विस्तारको अभ्यास मात्र नभएर वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र दीर्घकालीन आयआर्जनको भरपर्दो आधार भएको बताएका छन्।

विश्व वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रममा बोल्दै उनले यस्तो अभ्यासले समुदायमा हरित सचेतना बढाउने र भावी पुस्तालाई स्वच्छ वातावरण सुम्पिन मद्दत गर्ने बताए।

ग्लोबल आइएमई बैंकको आयोजना तथा भानु नगरपालिकाको समन्वयमा आज तनहुँको भानु नगरपालिकामा वृक्षारोपण गर्दै नगर प्रमुख त्रिपाठीले उक्त कुरा बताएका हुन् ।

शसस्त्र प्रहरी ब्यारेक, आर्मी ब्यारेक, इलाका प्रहरी कार्यालय भानु–०२, भानु जन्मस्थल तथा नगरभित्रका विभिन्न स्कुल र क्याम्पसहरूमा गरी १ हजार ५ सय लिचीका बिरुवा रोपिएको थियो। कार्यक्रममा नगरप्रमुख त्रिपाठी, बैंकका डुम्रे तथा बन्दिपुर शाखाका कर्मचारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नगरका कर्मचारी तथा स्थानीयको सक्रिय सहभागिता रहेको थियो।

ग्लोबल आइएमई बैंकले विश्व वातावरण दिवसको सन्दर्भ पारेर देशभर १८ हजार बिरुवा रोप्ने लक्ष्यसहित वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको जनाएको छ। पर्यावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण र समुदायस्तरमै हरित आर्थिक सम्भावनाको प्रवर्धन गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानमा सो अभियानलाई विस्तार गरेको हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button