आँबुखैरेनीहेडलाईनसमाचारगण्डकीस्वास्थ्य

स्वास्थ्य सेवा अब घरदैलोमै : आँबुखैरेनीमा निःशुल्क शिविर, ३० जना लाभान्वित

प्रहार समाचार, तनहुँ – २०८२ जेठ २६, सोमवार
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले अब सामान्य उपचारका लागि चितवन वा अन्य शहर धाउनु पर्ने बाध्यता अन्त्य हुने बताएका छन्। उनले स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्‍याउने लक्ष्यसहित पालिका सक्रिय रहेको बताएका हुन्।

बारालुङस्थित जलदेवी आधारभूत विद्यालयको भवनबाट सुरु गरिएको स्वास्थ्य सेवा सञ्चालनको उद्घाटन गर्दै अध्यक्ष चुमानले स्वास्थ्य पहुँचलाई सहज र सर्वसुलभ बनाउने पालिकाको नीति रहेको जानकारी दिए। उद्घाटन समारोहमा उपाध्यक्ष दुर्गा अर्याल विशेष अतिथिका रूपमा सहभागी थिइन्।

उक्त अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३० जना भन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श सेवा प्राप्त गरेका छन्। प्रारम्भमा भवन अस्थायी भए पनि गाउँपालिकाले स्थायी संरचना निर्माण प्रक्रिया अघि बढाइसकेको जनाएको छ। सेवा विस्तार क्रमशः अन्य वडाहरूमा पनि विस्तार गरिने योजना छ।

कार्यक्रम वडा नं. ५ का अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। पालिकाले साना रोगहरूको उपचारमा स्थानीयलाई राहत पुग्ने अपेक्षा व्यक्त गर्दै विभिन्न स्थानमा स्वास्थ्य पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button