हेडलाईनसमाचारगण्डकीम्याग्दे

तनहुँको म्याग्दे गापाका कर्मचारीहरू हातमा कालोपट्टी बाँधेर विरोधमा

प्रहार समाचार । तनहुँ, २५ जेठ २०८२ आइतवार । संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्चालन आन्दोलन निर्देशन समिति केन्द्रको निर्णयअनुसार तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाका कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्। कर्मचारीहरू आन्तरिक सेवा प्रवाहमा सहभागी भइरहे पनि श्रम अधिकार र सेवा सुरक्षाको विषयमा सरकार गम्भीर नभएको भन्दै विरोधमा उत्रिएका हुन्।

केन्द्रबाट जारी निर्णय अनुसार, श्रम सम्बन्धी ऐन, सेवाशर्त, तलबभत्ता समायोजन, कार्यस्थलको सुरक्षालगायतका विषयमा संघीय सरकारसँग पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै ठोस परिणाम नआएको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएका हुन्म्या । पालिकामा कार्यरत स्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीहरू सबैले हातमा कालोपट्टी बाँधेर एकता प्रदर्शन गरेका हुन् ।

संयुक्त आन्दोलन समिति अन्तर्गतका नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, तथा नेपाल स्वतन्त्र कर्मचारी संगठनले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन्। आन्दोलनको पहिलो चरणमा कालोपट्टी बाँध्ने, दोस्रो चरणमा घण्टी बजाएर खबरदारी गर्ने, र अन्तिम चरणमा सम्पूर्ण सेवाहरू ठप्प पार्ने कार्यक्रम रहेको छ। कर्मचारीहरूले संविधानले प्रत्याभूत गरेको श्रम अधिकार सुनिश्चित गर्न माग गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button