हेडलाईनव्याससमाचारगण्डकी

रेडकस दुम्सीकोट उपशाखाको अध्यक्षमा पुनः पौडेल

प्रहार समाचार । तनहुँ, २४ जेठ २०८१ शनिवार । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा, व्यास–१० तनहुँको आठौं अधिवेशनबाट पुनः ईश्वर पौडेल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । आज सम्पन्न २८औं वार्षिक साधारण सभाबाट तथा आठौ अधिवेशनले नयाँ कार्यसमिति चयन गरिएको हो। अधिवेशनको उद्घाटन गण्डकी प्रदेश रेडक्रसका महासचिव रामदत्त पौडेलले गरेका थिए।

कार्यक्रममा महासचिव पौडेलले दुम्सीकोट उपशाखाले विगतदेखि नै मानवीय सेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको भन्दै प्रशंसा गरे। उनले एम्बुलेन्स सेवा विश्वसनीय बनाउन दीर्घकालीन योजना बनाउने आवश्यकता औंल्याउँदै उपशाखालाई थप सुदृढ र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। सभापति ईश्वर पौडेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गोपाल गुरुङले ३४ लाख ३२ हजार ४९० रुपैयाँको आर्थिक विवरण प्रस्तुत गरेका थिए, जुन दुवै प्रतिवेदन सभाबाट सर्वसम्मत पारित गरिएको थियो।

कार्यक्रममा वडा अध्यक्ष खेमराज पोख्रेल, जिल्ला शाखाका मन्त्री तथा निर्वाचन संयोजक सूर्यचन्द्र हड्खले, जनप्रतिनिधिहरू यज्ञप्रसाद शर्मा, बासना कुँवर लगायतले निर्वाचित टोलिलाई बधाई दिएका थिए। छिमेकी उपशाखाका सभापति रूपा घिमिरे, कृष्णप्रसाद तिवारी, प्रेमराज मिश्र, तथा जुनियर रेडक्रसकी प्रतिनिधि रोशनी गुरुङलगायत वक्ताहरूले पनि उपशाखाको योगदानको प्रशंसा गरेका थिए।

निर्वाचित कार्यसमितिमा सभापति ईश्वर पौडेल, उपसभापति मनु सापकोटा, सचिव टिकाराम दाहाल, कोषाध्यक्ष गोपाल गुरुङ, सहसचिव विशाल गिरी, उप–कोषाध्यक्ष ऋषिराम ढुङ्गाना, सदस्यहरूमा सीता पहारी, खेमराज पोख्रेल, श्रीकृष्ण आचार्य, विष्णुप्रसाद अधिकारी र पूर्णचन्द्र अधिकारी रहेका छन्। कार्यसमितिलाई निर्वाचन संयोजक हड्खले शपथ गराएका थिए भने प्रमुख अतिथि पौडेलले प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा पूर्व सचिव यामप्रसाद सापकोटा र निभिक फर्मासिटिकल प्रालीलाई विशेष योगदानका लागि सम्मान गरिएको थियो। कार्यक्रम सचिव श्रीकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button