हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अमेरिकामा गोलिकाण्ड : नेपाली मूलका एकै परिवारका चार सदस्यको हत्या

प्रहार समाचार । अमेरिका, २४ जेठ २०८२ शनिवार । म्यानासस पार्क, अमेरिका- भर्जिनियाको म्यानासस पार्कस्थित लाने लेनको ९४०० ब्लकमा बिहीबार राति भएको सम्भावित हत्या–आत्महत्या (murder-suicide) घटनाको अनुसन्धान भइरहेको छ। स्थानीय समयअनुसार राति करिब १०:४० बजे घरभित्र मानिसहरू अचेत अवस्थामा रहेको सूचना पाएपछि म्यानासस पार्क प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले तल्लो तलामा रहेको अपार्टमेन्टमा प्रवेश गर्दा दुई वयस्क र दुई बालबालिकाको गोली लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको जानकारी दिएको छ।

प्रहरीले वयस्क मृतकको पहिचान ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठको रूपमा गरेको छ। मृत बालबालिकामध्ये एकको उमेर २ वर्ष र अर्कीको ८ वर्ष रहेको जनाइएको छ, तर उनीहरूको नाम सार्वजनिक गरिएको छैन। घटनास्थलबाट एक थान बन्दुक समेत फेला परेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, चारै जनाको मृत्यु गोली लागेर भएको देखिएको र घटनालाई सम्भावित हत्या–आत्महत्या मानिएको प्रहरीले जनाएको छ।

शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा म्यानासस पार्क प्रहरी विभागले भनेको छ, “हालसम्मको अनुसन्धानका आधारमा यो घटना सम्भावित हत्या–आत्महत्या (murder-suicide) भएको देखिन्छ।” घटनाको प्रकृति गम्भीर र दुःखद रहेको उल्लेख गर्दै प्रहरीले अनुसन्धान अझै जारी रहेको जनाएको छ। थप विवरणहरू आवश्यक अनुसन्धानपछि मात्र सार्वजनिक गरिने बताइएको छ। – नेपाल मदर डट कमबाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button