हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तनहुँको बन्दिपुरमा अन्तरविद्यालयीय अतिरिक्त क्रियाकलाप सम्पन्न

प्रहार समाचार । तनहुँ, २३ जेठ २०८२ शुक्रवार । तनहुँको बन्दिपुर गाउँपालिकाद्वारा आयोजना गरिएको अन्तरविद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप अन्तर्गत चित्रकला, हस्तलेखन र वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएका छन्। यहि जेठ २१ र २२ गते सम्पन्न कार्यक्रमको आयोजनाले विद्यार्थीहरूको सिर्जनात्मकता र प्रतिभा उजागर गरेको छ। कार्यक्रममा गाउपालिका अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

आ सम्पन्न आधारभूत तह चित्रकला (कक्षा ६–८) प्रतियोगितामा सारिका थापा (जगदीश्वर आधारभूत विद्यालय) पहिलो, साइमन अम्गाई (पवित्र मा.वि) दोस्रो र दिप्सना गुरुङ (अरुण मा.वि) तेस्रो स्थानमा रहन सफल भए। म्याक्स मगर (चन्द्रोदय आ.वि) ले सान्त्वना पुरस्कार प्राप्त गरे।

त्यस्तै, आधारभूत तह हस्तलेखन प्रतियोगितामा दुई तहमा प्रतिस्पर्धा भएको थियो। कक्षा १–३ मा सान्बी कंडेल र मन्दिप न्यौपाने (दुवै शिव मा.वि) क्रमशः पहिलो र दोस्रो भएका छन् भने तेस्रो स्थानमा आरिया थापा (शान्ति आ.वि) रहिन्। सान्त्वना पुरस्कार रिजन क्षेत्री (त्रिभुवन आ.वि) ले जिते। कक्षा ४–५ तर्फ सन्जना भट्ट (चन्द्रोदय आ.वि) प्रथम, सजीव थापा (सेतीगंगा आ.वि) द्वितीय, रितिका गुरुङ (भानु मा.वि) तृतीय र प्रान्शी पुन (पवित्र मा.वि) सान्त्वना विजेता बने।

कार्यक्रम सफल रूपमा सम्पन्न भएकोमा शिक्षा, युवा तथा खेलकुद शाखा, बन्दिपुर गाउँपालिकाले सहभागी सम्पूर्ण विद्यालय, विद्यार्थी र अभिभावकलाई बधाई ज्ञापन गर्दै विद्यार्थीहरूको उज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। गाउँपालिकाले यस्ता क्रियाकलापले विद्यालय शिक्षामा सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमताको विकास हुने विश्वास लिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button