हेडलाईनसमाचारबन्दीपुरगण्डकीविजनेस

बन्दीपुर केबलकार र बिजबजारबीच सहकार्य : टिकट र अनलाइन खरिदमा विशेष छुट

प्रहार समाचार । तनहुँ, २३ जेठ २०८२ शुक्रवार । डिजिटल व्यापार र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाली ई–कमर्श प्लेटफर्म बिजबजार लिमिटेडबीच बजार प्रवर्द्धनसम्बन्धी रणनीतिक सहकार्य भएको छ। सम्झौतापश्चात दुबै कम्पनीका ग्राहकहरूले विशेष छुट सुविधा पाउने भएका छन्।

सम्झौताअनुसार बिजबजारका ग्राहकहरूले बन्दीपुर केबलकारको टिकटमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। उता, बन्दीपुर केबलकारका सेवाग्राहीहरूले बिजबजारमार्फत सामान खरिद गर्दा १५ प्रतिशतको फ्ल्याट छुट पाउने व्यवस्था मिलाइएको छ।

सम्झौतामा बिजबजारका प्रमुख कार्यकारी अधिकृत उत्सव ढकाल र बन्दीपुर केबलकारका महाप्रबन्धक रोमनमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो। दुबै पक्षले यस सहकार्यले डिजिटल कारोबार र आन्तरिक पर्यटनको क्षेत्रलाई एकैसाथ अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

महाप्रबन्धक श्रेष्ठका अनुसार, “बन्दीपुर जस्तो ऐतिहासिक र पर्यटकीय गन्तव्यमा निजी क्षेत्रको सहकार्यमार्फत प्रविधिको प्रयोग गर्दै आम सेवाग्राहीलाई सहुलियत दिनु सकारात्मक अभ्यास हो। यसले पर्यटन क्षेत्रको पुनरुत्थान र डिजिटल व्यापारमा नयाँ ऊर्जा दिनेछ।”

नेपालमा निजी क्षेत्रका विभिन्न उद्योगहरूबीच यस्ता सहकार्यको प्रवृत्ति बढ्दो छ। यस्तो प्रवृत्तिले सेवाग्राहीलाई प्रत्यक्ष लाभ दिने मात्र होइन, व्यवसायहरूको पहुँच पनि विस्तार गर्ने सम्भावना देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button