हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम यस्तो रहने छ

प्रहार समाचार । काठमाडौँ,२३ जेठ २०८२ शुक्रवार । आज गण्डकी प्रदेशका पहाडी भू–भागमा आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, हाल देशभर पश्चिमी वायु र स्थानीय प्रणालीको प्रभाव छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुले असर गरिरहेको छ। त्यसको असरस्वरूप पूर्वी नेपालका धेरै स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ।

पूर्वी नेपालमा रातिदेखि लगातार वर्षा :

झापा, मोरङ, सुनसरी, सप्तरी लगायतका जिल्लाहरूमा रातिदेखि लगातार वर्षा भइरहेको छ। स्थानीयवासीहरूका अनुसार, पानीको मात्रासँगै चट्याङको पनि प्रभाव देखिएको छ।

दिउँसो र रातिको पूर्वानुमान :

आज दिउँसो कोशी, गण्डकी, र बागमती प्रदेशका केही पहाडी स्थानमा मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको बताइएको छ। उच्च हिमाली भेगमा भने वर्षासँगै हल्का हिमपातको सम्भावना छ।

आज राति कोशी प्रदेशसहित देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ भने तराई तथा मध्य भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन सबैलाई आग्रह गर्दै दैनिक क्रियाकलाप तथा यात्रा गर्दा मौसम अनुसारको सावधानी अपनाउन अनुरोध गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button