हेडलाईनव्याससमाचारगण्डकी

सुरज आले ‘लिओ क्लब अफ तनहुँ निर्मल अल्फा’ को अध्यक्षमा चयन

• सुशिल बि. क. ( प्रहार संवाददाता ) तनहुँ, २२ जेठ २०८२ बिहीवार । लिओ क्लब अफ तनहुँ निर्मल अल्फाको नयाँ नेतृत्व चयन गरिएको छ। व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा आज सम्पन्न अधिवेशनबाट सुरज आले मगर सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्।

अध्यक्ष आलेसँगै प्रथम उपाध्यक्षमा विनम्र ढकाल, द्वितीय उपाध्यक्षमा अञ्जली बिक, तृतीय उपाध्यक्षमा रबिना सुनार, सचिवमा किरण सुनार, सहसचिवमा युनिक छिमाल, कोषाध्यक्षमा सिखा मल्ल र सह–कोषाध्यक्षमा सृष्टि थापा चयन भएका छन्। नयाँ कार्यसमिति चयनसँगै क्लबले आगामी वर्षका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा निर्मल माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विरबहादुर बस्नेतले लिओ क्लबले विद्यार्थीको नेतृत्व विकास र सामाजिक चेतना अभिवृद्धिमा पुर्‍याएको योगदानको प्रशंसा गरे। कार्यक्रममा लिओ क्लब अफ तनहुँका प्रथम उपाध्यक्ष रोबिन श्रेष्ठ, सचिव मुकेश बिडारी , द्वितीय उपाध्यक्ष राम श्रेष्ठ, पूर्वअध्यक्ष मोहम्मद गफार, संस्थापक अध्यक्ष सुस्मिता चौधरीलगायतको सहभागिता रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button