हेडलाईनसमाचारप्रदेश

आज विश्व वातावरण दिवस: प्लाष्टिक प्रदूषण न्यूनीकरणमा जोड

प्रहार समाचार । तनहुँ, २२ जेठ २०८२ बिहीवार । आज जुन ५ तारिख, विश्वभर ‘विश्व वातावरण दिवस’ विविध कार्यक्रमका साथ मनाइँदैछ। ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ यस वर्ष वातावरण दिवस मनाइँदैछ, जहाँ दक्षिण कोरियामा संयुक्त राष्ट्रसङ्घको आयोजनामा विशेष कार्यक्रम हुँदैछ। सन् १९७३ देखि राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको हो।

संयुक्त राष्ट्रसङ्घका अनुसार हरेक वर्ष विश्वमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको छ, जसको केवल १० प्रतिशत मात्र पुनः प्रयोगमा आउने तथ्य सार्वजनिक गरिएको छ। प्लाष्टिकजन्य फोहोरको ठूलो भाग, करिब एक करोड १० लाख टन, नदी, ताल र समुद्रमा बिसर्जन हुने गरेकाले वातावरणीय सन्तुलनमा गम्भीर असर पर्न थालेको विज्ञहरूको चेतावनी छ।

यसै दिन गैरकानुनी माछामारी विरुद्धको अन्तर्राष्ट्रिय दिवस पनि मनाइँदैछ। खाद्य तथा कृषि सङ्गठन (एफएओ)को पहलमा सन् २०१७ देखि मनाउन थालिएको यो दिवसले समुद्री स्रोतको संरक्षण र दिगो विकास लक्ष्यमा जोड दिएको छ। गैरकानुनी रूपमा हरेक वर्ष १ करोड १० लाखदेखि २ करोड ६० टनसम्म माछा मारिँदा अर्बौं डलरको आर्थिक क्षति हुने गरेको एफएओको प्रतिवेदनले उल्लेख गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button