हेडलाईनसमाचारगण्डकीऋषिङ

तनहुँको ऋषिङ्गमा आगलागी पीडित आलेलाई सहयोग जुट्दै

प्रहार समाचार । तनहुँ,२१ जेठ २०८२ बुधवार । ऋषिङ्ग गाउँपालिका–७ पोखरीभञ्ज्याङकी अग्निपीडित शनिसरा आलेलाई विभिन्न संघसंस्था र व्यक्तिबाट राहत जुट्न थालेको छ।

गत मंगलबार घरमा अचानक आगलागी हुँदा सबै सम्पत्ति नष्ट भएपछि पीडामा परेकी स्व. चोकलाल आलेकी धर्मपत्नी शनिसरा आलेलाई केही राहत मिलोस् भन्ने उद्देश्यले सहयोग संकलन गरिएको हो। वडा अध्यक्ष दुर्गा बहादुर थापाको उपस्थितिमा संकलित राहत सामग्री तथा रकम आज हस्तान्तरण गरिएको थियो।

सहयोग स्वरूप स्व. केशर बहादुर आले परिवार, ऋषिङ्ग-६, अम्बोटेबाट २६ हजार र लत्ताकपडा प्रदान गरिएको छ भने स्व. भविलाल आले परिवार, ऋषिङ्ग-७, नयाँ चौतारीबाट ५ हजार र कपडाहरू सहयोग गरिएको छ। त्यसैगरी, नर बहादुर आले परिवारबाट ७ हजार, टिकाराम आलेबाट १ हजार ५ सय, तथा स्व. पदम बहादुर आले र विष्णुवीर आले परिवार, भिमाद-५, मिछुर्लुङबाट १५ हजार सहयोग प्राप्त भएको हो।

यसैगरी, तिल बहादुर आलेले एक बोरा चामल, तरकारी तथा भाँडाकुँडा सहयोग गरेका छन् भने दमौलीस्थित विन्दु फेन्सीबाट २ थान कपडा प्रदान गरिएको छ। संकलित रकममध्ये १० हजार ४ सयबाट चामल, दाल, तेल लगायत खाद्यान्न तथा भाँडाकुँडा खरिद गरी शनिसरा आलेलाई हस्तान्तरण गरिएको जनाइएको छ। स्थानीयहरूको यस्तो सहयोगले पीडित परिवारलाई असहज परिस्थितिमा राहत पुगेको छ।

तस्बिरहरु: विवेक श्रेष्ठ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button