हेडलाईनसमाचारगण्डकीम्याग्दे

महिलाहरुलाई आत्मनिर्भर बनाउँदै तनहुँको म्याग्दे गाउँपालिका

प्रहार समाचार । तनहुँ, २१ जेठ २०८२ बुधवार । तनहुँको म्याग्दे गाउँपालिका – ५, फुलवारीमा किष्टलका गहना तथा सजावट सामग्री बनाउने सात दिने सिपमूलक तालिमले स्थानिय महिलाहरुलाई आत्मनिर्भर बनाएको छ। तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ र उपाध्यक्ष वालकृष्ण घिमिरेले सहभागीलाई प्रमाणपत्र वितरण गरे २२ जना महिलाहरुको सहभागिता रहेको उक्त तालिम पछि महिलाहरु आत्मनिर्भर हुने विश्वास लिइएको छ।

उक्त तालिममा प्रशिक्षक इन्दकुमारी थापाले सहभागी महिलाहरूलाई विभिन्न प्रकारका गहना तथा सजावटी सामग्री बनाउन प्रशिक्षण दिएकी थिइन। द तालिमको क्रममा सहभागीहरूले किष्टल प्रयोग गरी २२ प्रकारका सामग्री निर्माण गरेका थिए, जसले उनीहरूको सिप अभिवृद्धिमा सहयोग पुर्‍याएको छ।

सात दिनको तालिमपछि सहभागी महिलाहरूले आफूहरूले नयाँ सीप सिक्न पाएकोमा खुसी व्यक्त गरेका छन्। उनीहरूले अब सीपको प्रयोग गरी आयआर्जनको माध्यम बनाउन सकिने आत्मविश्वास व्यक्त गरेका छन्। तालिमले महिलाहरूको आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button