हेडलाईनसमाचारप्रदेश

‘सडकको सिन्डिकेट होइन, इमान्दारीको मार्ग रोज्नुस् । ‘ – सागर ढकाल

प्रहार समाचार । काठमाडौं, १९ जेठ २०८२ सोमवार । संसदिय चुनावमा डदेलधुराबाट नेपाली कांग्रेसका सभापति शेर बहदुर देउवाका प्रतिद्धन्दि इन्जिनियर तथा सामाजिक अभियन्ता सागर ढकालले हालै देशभर गरिएको आमबन्दप्रति कडा टिप्पणी गरेका छन्।

उनले राष्ट्रिय नेताहरूमाथि गहिरो प्रश्न गर्दै सिंगापुरका पूर्वप्रधानमन्त्री लि क्वान युको उदाहरण दिँदै, नेताहरुले इमान्दारी र निष्पक्षताको मार्ग रोज्न आग्रह गरेका छन्। “आज देश नै ठप्प बनाउँदा ठ्याक्कै लि क्वान युलाई सम्झिएँ,” भन्दै ढकालले सामाजिक सञ्जालमार्फत गम्भीर सन्देश दिएका हुन्। उनका अनुसार सिंगापुर एयरलाइन्सका पाइलटहरू उडान बन्द गर्दा लि क्वान युले तर्क र अनुशासनद्वारा समस्या समाधान गरेका थिए, जुन आज नेपालमा गम्भीर रूपमा खड्किएको नेतृत्व गुण हो।

ढकालले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै प्रश्न गरेका छन्, “लि क्वान युको १% पनि दम हजुरहरूको मुटुमा छ?” उनले बन्दको नाममा जनतालाई दु:ख दिइने प्रवृत्तिको कडा आलोचना गरेका छन्। “आज यो बन्द उत्तिखेरै बन्द गरेर वार्ताले सडकको सिन्डिकेट मात्र होइन हरेक क्षेत्रका सिन्डिकेट तोड्नु पर्छ,” ढकालको भनाइ छ। उनले यस्तो राजनीतिक व्यवहारले देशलाई अघि बढ्न नदिएको स्पष्ट पारे।

सागर ढकालले नेताहरूप्रति गम्भीर सन्देश दिँदै पार्टीहरूलाई चुनाव खर्चका लागि ‘बिकाउ’ नबन्न चेतावनी पनि दिएका छन्। “आशा छ हजुरहरू र हजुरहरूको गृहमन्त्री पार्टीको चुनाव खर्च उठाउन बिकाउमा छैनन्,” भनी उनले भ्रष्टाचारविरुद्धको सन्देश समेत दिएका छन्। ढकालको यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ र धेरैले उनको इमान्दार आवाजको समर्थन गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button