हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

मङ्गनको चटेनमा पहिरो : तीन सैनिकको मृत्यु, ६ बेपत्ता

प्रहार समाचार । भारत, १९ जेठ २०८२ सोमवार । भारतको सिक्किम स्थित मङ्गन जिल्लाको लाचेनस्थित चटेन क्षेत्रमा अवस्थित भारतीय सेनाको शिविरमा शनिबार साँझ करिब ७ बजे आएको भीषण पहिरोमा परी तीन जना सैनिकको मृत्यु भएको छ भने अन्य छ जना अझै बेपत्ता रहेका छन्। लगातारको भारी वर्षापछिको पहिरोले सैन्य शिविरमा ठूलो क्षति पुर्‍याएको हो।

भारतीय सेनाले तुरुन्तै उद्धार कार्य सुरु गर्दै जोखिमपूर्ण भू-परिस्थिति र प्रतिकूल मौसमबीच चौबीसै घण्टा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ। हालसम्म चार जना सैनिकलाई सामान्य चोटपटकसहित उद्धार गरिएको छ। घटनामा हवल्दार लखविन्दर सिंह, लान्स नाइक मुनिश ठाकुर र कुली अभिषेक लाखडाको शव फेला परेको भारतीय सेनाले जनाएको छ।

घटनापछि सेनाले मृतक परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै आवश्यक सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सेनाले प्राकृतिक विपत्तिका बीच पनि कर्तव्य र समर्पणमा कुनै कमी नल्याउने अठोट दोहोर्याएको छ। घटनास्थलमा अझै उद्दार कार्य जारी छ भने बेपत्ता छ जना कर्मचारीको खोजी तीव्र पारिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button