हेडलाईनव्याससमाचारगण्डकी

दमौली बजार क्षेत्रका शाखा सडक विस्तारमा अड्चन : घर नभत्काउँदा निर्माण प्रभावित

प्रहार समाचार । तनहुँ, १८ जेठ २०८२ आइतवार । मुग्लिन – पोखरसम्म सडक विस्तारको काम द्रुत गतिमा अगाडि बढिरहेको बेला तनहुँको व्यास नगरपालिका–४, दमौली बजार क्षेत्रका शाखा सडक निर्माणमा भने अड्चन देखिएको छ। पृथ्वी राजमार्गसँग जोडिने सुवर्ण मार्ग, दुर्गा मन्दिर चोक, मेनका मार्ग, सुरत मौलनाको घरदेखि उत्तर, शिवराम पौडेलको घरदेखि उत्तर, र मेखबहादुर गुरुङको घरतर्फ जानुपर्ने सडकहरू राजमार्गभन्दा झुन्डिएको (स्लोपमा रहेको) अवस्थामा आवज जावत गर्न तथा सवारीसाधन सहज रूपमा सञ्चालन गर्न गाह्रो भएको सरोकारवाला पक्षको भनाइ छ।

यस समस्याबारे सरोकारवालाबीच आज दमौलीमा छलफल गरिएको थियो। छलफलमा व्यास–४ का जनप्रतिनिधि, सडक विस्तार परियोजनाका कन्सल्ट्यान्ट इन्जिनियर, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, र प्रभावित क्षेत्रका घरधनीहरू सहभागी थिए। छलफलका क्रममा इन्जिनियरहरूले सडक निर्माणमा स्थानीयले घर नभत्काएको कारण प्राविधिकरूपमा काम गर्न असहज भएको स्पष्ट पारे। शाखा सडक विस्तार गर्न सडकको लेवल मिलाउन आवश्यक भए पनि आवश्यक संरचना नहटाइँदा काम अघि बढ्न सकेको छैन।

व्यास – ४ का वडा अध्यक्ष मन बहादुर गुरुङ सडक विस्तार गरेर पिच तथा नालाको काम अन्तिम चरणमा पुग्दा पनि व्यास ४ का घर धनिले मुअब्जा लिइ सकेर पनि अझै घर भत्काउन अटेरी गर्नु लाजमर्दो विषय भएको उल्लेख गरे ।

व्यास – ४ का वडा सदस्य सरोज भण्डारी धरधनिलाई मापदण्डमा परेका घरहरु पटक पटक समयमा भत्काउन आग्रह गरिएको उल्लेख गर्दै कसरी हुन्छ सहज बातावरणमा समस्याको समाधान गरिनु पर्ने उल्लेख गरे ।

समाजसेवी भाग्यशाली ढुङ्गानाले यो समस्या व्यक्तिगत नभई आम नगरवासीको साझा समस्या भएको बताए। उनले घरको मुआब्जा लिईसकेका प्रतिष्ठित व्यक्तिहरूले समेत संरचना नभत्काएर अटेरी गरेकाले सार्वजनिक हितमा असर पुगेको उल्लेख गरे। सडक विस्तारले सहरको विकासमा ठुलो टेवा पुऱ्याउने हुँदा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा छलफलमा जोड दिइएको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button