हेडलाईनसमाचारगण्डकीघिरिङ

नेपाल रेडक्रस सोसाइटी भगवतिपुर उपशाखाको दोस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा कार्की

प्रहार समाचार । तनहुँ, १७ जेठ २०८१ शनिवार । नेपाल रेडक्रस सोसाइटी भगवतिपुर उपशाखाको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशन आज सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले रेडक्रस कमीले निस्वार्थ सेवा भावका सथ समाजसेवामा लाग्नु पर्ने बताए । अधिवेशनमा निर्वाचन संयोजक तथा ने.रे.सो. तनहुँका जिल्ला सदस्य विमल गिरी, जिल्ला सदस्य सुमन थापा, नेपाली काँग्रेस घिरिङका सभापति यामबहादुर थापा, नेपाल शिक्षक संघ घिरिङका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

उपशाखाका पदाधिकारी, आजीवन सदस्यहरू, सामाजिक अगुवा तथा स्वयंसेवकहरूको उपस्थिति रहेको कार्यक्रममा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले पुनः मिनबहादुर कार्की लाई सभापतिमा चयन गरिएको छ। भ महिला उपसभापतिमा सुना गुरुङ, सचिवमा मानबहादुर थापा (मनिष), कोषाध्यक्षमा होमबहादुर थापा दोहोरिएका छन् ।

सह–सचिवमा गोविन्द श्रेष्ठ र सह–कोषाध्यक्षमा उत्तम थापा चयन भएका छन्। यस्तै, सदस्यमा यामबहादुर थापा, प्रेमबहादुर थापा, आजन्ति माया थापा, लोहविर थापा र विमन आले चयन भएका छन्।

सल्लाहकारमा भने नारायण प्रसाद श्रेष्ठलाई चयन गरिएको छ। अधिवेशनले समुदायमा मानवता, सेवा र सहकार्यको भावनालाई अझ सशक्त बनाउँदै रेडक्रसको अभियानलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button