• सुशिल बि. क.( प्रहार संवाददाता ) । तनहुँ, १६ जेठ २०८२ शुक्रवार । तनहुँको शुक्लागण्डकी नगरपालिकामा पर्यटन प्रवर्द्धनको उद्देश्यले भिडियो कार्यशाला तथा प्रतियोगिता सुरु भएको छ। कार्यक्रममा नगर उपप्रमुख खुम बहादुर विकले उद्घाटन गर्दै सामाजिक सञ्जाल र प्रविधिको प्रयोगमार्फत पर्यटन प्रवर्द्धनमा भिडियो सामग्रीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै युवाहरूलाई यस्ता सीपमूलक तालिम आवश्यक रहेको उल्लेख गरे।

तनहुँ खबरका अध्यक्ष मनराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ६ का अध्यक्ष बुद्धि बहादुर थापा, तनहुँ खबरका कार्यकारी सम्पादक विनोद ढुंगानालगायतले शुभकामना मन्तव्य दिएका थिए। तालिममा शुक्लागण्डकीका विभिन्न वडाबाट आएका २१ जना सहभागी छन्। दुई दिने तालिममा उनीहरुलाई मोबाइलबाट भिडियो खिच्ने, सम्पादन गर्ने तथा प्रवर्द्धनात्मक सामग्री निर्माणबारे अभ्यास गराइँदैछ।
तालिममा प्रशिक्षकको भूमिका पत्रकार विनोद ढुंगानाले निभाइरहेका छन्। उद्घाटन कार्यक्रम तनहुँ खबरका अध्यक्ष मनराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। सम्पदा नेपालको आयोजनामा तथा शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोग र शुक्लागण्डकी मिडिया प्रालिको व्यवस्थापनमा सञ्चालन उक्त कार्यक्रम सञ्चालन भएको हो ।

तालिमपछि सहभागीहरूले शुक्लागण्डकी क्षेत्रका पर्यटकीय, धार्मिक र सांस्कृतिक विशेषता झल्काउने भिडियो तयार पारेर प्रतियोगितामा सहभागी हुनेछन्। नगरपालिकाले यस्तो कार्यक्रमले स्थानीय पर्यटनको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।


























