हेडलाईनभानुसमाचारगण्डकी

तनहुँको मानेचौका रेडक्रस उपशाखाको अधिवेशन सम्पन्न : सभापतिमा अधिकारी

प्रहार तनहुँ, १६ जेठ २०८२ शुक्रवार । नेपाल रेडक्रस सोसाइटी मानेचौका उपशाखाको साधारण सभा तथा अधिवेशन हिंजो माने चौकामा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा जिल्ला सभापति प्रा. डा. कृष्णप्रसाद गौतमले रेडकसले स्वार्थभन्दा माथि रहेर मानव सेवामा काम गर्नुपर्नेमा जोड दिए। गौतमले रेडक्रसले विपद् व्यवस्थापन, रक्तदान, प्राथमिक उपचार तालिम र समुदायस्तरका स्वास्थ्य कार्यक्रमहरूमा अझ प्रभावकारी भूमिका खेल्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँका कोषाध्यक्ष प्रताप सिंह अधिकारी, जिल्ला सदस्य केशु गुरुङ, शाखा अधिकृत इमनाथ भट्ट लगायतको विशेष उपस्थिति रहेको थियो।

उपशाखाका सभापति रामबहादुर ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै रेडक्रसको मानवसेवामूलक गतिविधिहरूको समीक्षा गरिएको थियो। साथै, संस्थाको आगामी कार्यदिशा, चुनौती र सम्भावनाहरूबारे विस्तृत छलफल गरिएको थियो।

साधारण सभासँगै सम्पन्न अधिवेशनले पूर्णप्रसाद अधिकारीको सभापतित्वमा सर्वसम्मत रूपमा नयाँ ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको उपसभापति (महिला) मा लालमती गुरुङ, सचिवमा दिपेन्द्र अधिकारी, उपसचिवमा शिवहरी अधिकारी, कोषाध्यक्षमा रामनाथ मिश्र, उप–कोषाध्यक्षमा विश्वेश्वर खनाल रहेका छन्। त्यसै गरि महिला सदस्यमा उषा न्यौपाने, खुल्ला सदस्यहरूमा हरिहर उप्रेती, रविन्द्रराज जोशी, तारा नरेश पौडेल र कृष्णराज पण्डित रहेका छन्।

कार्यक्रमले स्थानीय तहसँगको सहकार्य विस्तार, युवाको सहभागिता वृद्धि र समुदायमा रेडक्रसको उपस्थिति अझ प्रभावशाली बनाउने दिशामा आगामी योजना तय गरेको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button