हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको माहेन्द्री रेडक्रस उपशाखाको आठौं अधिवेशन सम्पन्न : सभापतिमा घिमिरे निर्वाचित

प्रहार समाचार । तनहुँ, १६ जेठ २०८२ शुक्रवार । नेपाल रेडक्रस सोसाइटी तनहुँ अन्तर्गतको माहेन्द्री उपशाखाको आठौं अधिवेशन तथा साधारण सभा हिंजो सम्पन्न भएको छ। उपशाखा सभापति दयाराज कट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै रेडक्रसका केन्द्रीय सदस्य प्रदीप घिमिरेले निस्वार्थ सेवाको भावसहित मानव सेवामा समर्पित रेडक्रसले स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा तनहुँ जिल्ला शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, आजीवन सदस्य रामचन्द्र न्यौपाने र व्यास-७ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा आजीवन सदस्यहरू कृष्णहरि गैरे, सूर्यमणि पौडेल, रमेशचन्द्र वाग्ले र द्रोण रिजाललगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सदस्यता प्राप्त सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै नयाँ सदस्यता वितरणसमेत गरिएको थियो।

अधिवेशनको औपचारिक सत्रबाट रुपा घिमिरेको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। समितिको उपसभापतिमा नीला घिमिरे, सचिवमा रामकाजी श्रेष्ठ, सहसचिवमा संगीता भट्टराई, कोषाध्यक्षमा प्रताप थापा, सहकोषाध्यक्षमा सरोज अधिकारी रहेका छन्। त्यस्तै सदस्यहरूमा कृष्णप्रसाद न्यौपाने, महिला सदस्य सुनिता वाग्ले, शिवलाल प्रधान, नम्रता वाग्ले अधिकारी र एक बहादुर गुरुङ चयन भएका छन्।

निर्वाचन अधिकृतको रूपमा मन्त्री सूर्यचन्द्र हड्खेले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरे । अधिवेशनले संस्थाको भावी योजना तथा सेवा विस्तारका कार्यक्रमहरू तय गर्दै स्थानीय समुदायमा रेडक्रसको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button