हेडलाईनसमाचारगण्डकीखेलकुद

गणतन्त्र दिवसमा लमजुङमा मैत्रीपूर्ण फुटबल : पत्रकार टिम विजयी

• विजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ, १६ जेठ २०८२ शुक्रवार ।  गणतन्त्र दिवस २०८२ को अवसरमा लमजुङमा पत्रकार र सरकारी कार्यालय प्रमुखहरूबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

क्याम्पसरोडस्थित लमजुङ फुटसल मैदानमा भएको खेलमा पत्रकारहरूको टिमले कार्यालय प्रमुखहरूको टिमलाई ५–७ गोल अन्तरले पराजित गर्दै विजयी हासिल गरेको हो।

सद्भाव र सहकार्य अभिवृद्धिको उद्देश्य
पत्रकार महासंघ लमजुङद्वारा आयोजित उक्त खेलको उद्देश्य आपसी सद्भाव, सहकार्य र उत्साह अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएका छन्। खेलमा दुबै पक्षको सक्रियता, खेल कौशल र रणनीति प्रशंसनीय रहेको बताउँदै पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नबिनराज कुईकेलले बताए । ख


पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष परमेश्वर अधिकारीले गणतन्त्र दिवसको सन्देशलाई सामाजिक सद्भावमार्फत फैलाउने प्रयासस्वरूप यो खेल आयोजना गरिएको बताए । ज

सहिष्णुता र सहकार्यको सन्देश फैलाउने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न सरकारी कार्यालयका प्रमुख, कर्मचारी, सञ्चारकर्मी र स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूका अनुसार, यस्तो आयोजनाले गणतन्त्र दिवसको अवसरमा सौहार्द, सहिष्णुता र सहकार्यको सन्देश दिएको छ, जसले समाजमा सकारात्मक ऊर्जा र एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button