हेडलाईनसाहित्यप्रदेश

प्रहार साहित्य : गजल

वर्षात लाग्यो  खोलालाई कुवा काफी भएन अब
छोरो बढ्यो खेल्नलाई गुडिया काफी भएन अब ।

जम्मा गर्नु छ भीड, सिकाउनु छ फट्याइको भाषा
बाह्रखरी सिकाउन, केवल सुगा काफी भएन अब ।

ए! जनता, आऊ मिलेर यो तन्त्रको विकल्प सोचौं
सोखले जिन्दगी चलाउन नाफा काफी भएन अब।

तेर्स्याइदेऊ तिम्रो नयन मज्जाले पिउन मन लाग्यो
यो प्यास बुझाउन खहरे खोला काफी भएन अब ।

यस्तो चस्मा बनोस् जसले दुखी मात्रै देख्न सकोस्
नेतालाई जनता देख्न आँखा काफी भएन अब ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button