हेडलाईनसमाचारप्रदेश

बाजुरामा जीप दुर्घटना: टेलिकमका तीन कर्मचारीको मृत्यु

प्रहार समाचार । बाजुरा, १३ जेठ २०८२ मङ्गलवार । बाजुरामा नेपाल टेलिकमका कर्मचारी सवार जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। टावर मर्मतका लागि गएका बा ५ च २२०९ नम्बरको आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उक्त जीपमा नेपाल टेलिकमका कर्मचारीहरू सवार थिए।

दुर्घटना बाजुराको जगन्नाथ गाउँपालिका–३ काँडाकोटमा भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी इकपाल हवारीका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।

मृतकहरूमा नेपाल टेलिकम बाजुराका प्रमुखसमेत रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ, यद्यपि घटनामा ज्यान गुमाउनेहरूको पूर्ण पहिचान भने अझै खुलाइएको छैन। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button