व्यासहेडलाईनसमाचारगण्डकी

नेपाल प्रेस युनियन तनहुँद्वारा प्रेस स्वतन्त्रता रक्षाका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रहार समाचा । तनहुँ, १३ जेठ २०८२ मङ्गलवार  । ‘भौतिक र पेसागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने मूल नाराका साथ नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस तनहुँमा आज मनाइएको छ।

नेपाल प्रेस युनियन तनहुँद्वारा आयोजित “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि सरोकारवालाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्द  बोल्दै  नेपाली कांग्रेस तनहुँका प्रवक्ता  हरि वाम्लेले लोकतन्त्रको स्थापनामा पत्रकारको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै वर्तमान समयमा राजनीति अपराधीकृत बन्दै गएकोले पत्रकारले कुनै पनि पार्टीको पक्ष नलिएर निडर भएर कलम चलाउनु पर्ने आवश्यकता औंल्याए।

त्यस्तै, नेपाल प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष ओकार आचार्यले पछिल्लो समयमा प्रेस स्वतन्त्रतामाथि निरन्तर प्रहार भइरहेकाले त्यसको रक्षा गर्न सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राखे। उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको गहना भएको स्पष्ट पारे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले लोकतन्त्रको आधारशिला नै स्वतन्त्र प्रेस भएको उल्लेख गर्दै समाजमा व्याप्त विकृति, विसङ्गति र भ्रष्टाचारविरुद्ध निर्भीक कलम चलाउनु पत्रकारको कर्तव्य भएको बताए।

प्रेस यूनियनगण्डकी प्रदेश समितिका सदस्य शंकरराज नहर्कीले सञ्चार माध्यमहरू आर्थिक रूपमा कमजोर हुँदै गएकाले सञ्चार जगतको संरक्षणका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिए।

नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले सत्य, तथ्य र निष्पक्ष पत्रकारितामार्फत प्रेस स्वतन्त्रताको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए। कार्यक्रम युनियनका सचिव उपेन्द्र खनालले सहजिकरण स गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button