हेडलाईनसमाचारगण्डकी

राइड सेयरिङमा व्यवसायीको असन्तुष्टि: आन्दोलनको चेतावनी

प्रहार समाचार । काठमाडौं, १३ जेठ २०८२ मङ्गलवार  – गण्डकी प्रदेशले निजी सवारी साधनलाई पनि राइड सेयरिङको लागि प्रयोग गर्न दिने नियमावली ल्याएपछि यातायात व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन्। उनीहरुले सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र १८ जेठमा देशभर विरोध र्‍याली गर्ने चेतावनी दिएका छन्। व्यवसायीहरुको मुख्य आपत्ति निजी (रातो नम्बर प्लेट) सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने व्यवस्थामा रहेको छ। उनीहरुले गण्डकी प्रदेशले ल्याएको नियमावली तत्काल खारेज गर्न माग गर्दै, आफ्ना सवारी साधन ग्यारेजमा थन्क्याउने आन्दोलनको चेतावनी दिएका छन्।

व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रमा १३ खर्ब लगानी रहेको र यसले १५ लाख प्रत्यक्ष रोजगारी र ४० लाख आश्रित परिवारलाई रोजगारी दिएको दाबी गर्दै राइड सेयरिङ नियमले उनीहरुको व्यवसायमा ठुलो प्रभाव पार्ने बताएका छन्। सार्वजनिक यातायात व्यवसायीहरुले बीमा, सामाजिक सुरक्षा कोष, भन्सार नीति, विदेशी मालवाहक सवारी साधन र भारवहन सीमा जस्ता अन्य माग पनि अघि सारेका छन्।

गण्डकी प्रदेशले नियमावली ल्याएपछि अब इनड्राइभ, पठाओजस्ता राइड सेयरिङ सेवाले पनि अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button