हेडलाईनसमाचारप्रदेश

सर्वोच्चको आदेशले खुल्यो इच्छाराज तामाङको सम्पत्ति जफतको बाटो

प्रहार समाचार । काठमाडौं, ४ जेठ २०८२ आइतवार । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङविरुद्ध अब सम्पत्ति जफतको प्रक्रिया अगाडि बढ्ने भएको छ। विशेष अदालतको सजाय बदरको मागसहित तामाङले दिएको निवेदनलाई सर्वोच्च अदालतले खारेज गरेपछि उनलाई दोषमुक्त हुने आशा टुटेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतबाट निर्णय भइसकेको भन्दै उक्त मुद्दामा थप सुनुवाइ आवश्यक नरहेको ठहर गरेको हो।

विशेष अदालतले २०८० फागुन २१ गते तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। तामाङले उक्त फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकनको प्रयास गरे पनि उनको निवेदन अस्वीकृत भएको हो। यो फैसलापछि कानुनी रूपमा अब तामाङको सम्पत्ति जफत गर्ने बाटो खुलेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङमाथि ३ अर्ब ३१ करोड रुपैयाँ बराबरको बिगो कायम गरेको छ। सोहीअनुसारको सम्पत्ति जफत गरी राज्यको पोल्टामा ल्याउने तयारी अब तीव्र हुने भएको छ। यो मुद्दाले आर्थिक अपराधमा संलग्न व्यक्तिहरूलाई नछुटाउने सन्देश दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button