हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

तनहुँको दमौलीमा बालप्रतिभाको सृजनात्मक लेखन कार्यशाला सम्पन्न

प्रहार समाचार । तनहुँ, ४ जेठ २०८२ आइतवार । बालबालिकाको अन्तर्निहित प्रतिभा उजागर गर्ने उद्देश्यले सामाजिक विकास कार्यालय तनहुँको आयोजनामा जिल्लास्तरीय सिर्जनात्मक लेखन कार्यशाला दमौलीमा आज सम्पन्न भएको छ। कार्यशालामा आठ वटा पालिकाका १७/१७ जना विद्यार्थीहरूक सहभागिता रहेको थियो।

त्यस अबसमा बोल्दै प जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले बालबालिका भविष्यका कर्णधार भएकाले यस्ता कार्यक्रमहरू उनीहरूमा लुकेका गुण विकासमा सहायक हुने बताए।

कार्यक्रममा नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले पछिल्लो समय बालबालिकालाई विकृति र विसङ्गतिबाट टाढा राख्दै सिर्जनशील र परिश्रमी बनाउँदै प्रविधि निकट न गराउनु पर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सबै पालिकाका प्रतिनिधिमूलक विद्यार्थीहरूको सहभागिता कार्यक्रमको सबल पक्ष रहेको बताए।

कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुर हरी आचार्यले विद्यार्थीभित्रको सृजनात्मकता अभिव्यक्त गर्न लेखन काला लगायतका अन्य कार्यक्रमहरु कार्यालयले निरन्तर रूपमा गर्ने बताए ।

‘नेपाली अर्थतन्त्रको आधार’ र ‘मलाई मनपरेको साहित्य र सर्जक’ शीर्षकमा भएको लेखन प्रतियोगितामा शिव सरस्वती माविकी आशा थापा प्रथम, हंस बाहिनी माविका कुशल भण्डारी द्दितीय, शिव सरस्वती माविकी थम माया थापा तृतीय र चन्द्र ज्योति माविकी छात्रा थम मायाँ थापा घोषित भए। उनीहरूलाई क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण सामाजिक विकास कार्यालयका अधिकृत कृष्ण न्यौपानेले गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button