हेडलाईनव्याससमाचारगण्डकी

प्रहरीको देशव्यापी जुवा अपरेशन: तनहुँका जनप्रतिनिधि, शिक्षकसहित ३२ जना पक्राउ

• सुशिल बि. क. (प्रहार संवाददाता) । तनहुँ, ४ जेठ २०८२ आइतवार । शनिबार र शुक्रबार देशका विभिन्न स्थानमा प्रहरीले चलाएको विशेष अपरेशनमा जुवा–तास खेलिरहेका ३२ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं- ११ का ८ जना जुवाडेहरु पनि प्रहरीको फन्दामा परेका छन्।

तनहुँको व्यास नगरपालिका-११ रानीगाउँस्थित ‘साथीभाई कटेज’ बाट पक्राउ पर्नेमा सोहि वडाका  खाजाघर सञ्चालक ४२ वर्षीय विष्णु पौडेल, ४० वर्षीय सरोज कोईराला, ३३ वर्षीय शिव न्यौपाने, ३७ वर्षीय प्रकाश रावल, ५० बर्षीय उदय भट्टराई, ५० वर्षीय इन्द्रबहादुर खत्री, ६१ वर्षीय रामकृष्ण अधिकारी र तालघरेका ४२ वर्षीय हरिशरण सापकोटा सहित ८ जना रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनिहरुबाट ४९ हजार २० रुपैयाँ नगद र ४ बुक तास बरामत गरिएको छ।

त्यस्तै, काठमाडौंको जयबागेश्वरी, अनामनगर र कञ्चनपुरको भीमदत्तनगरबाट पनि प्रहरीले जुवाडेहरू पक्राउ गरेको छ। काठमाडौंको जयबागेश्वरीबाट १ लाख ७ हजार ९१५ रुपैयाँसहित ७ जना, अनामनगरबाट २ लाख ५७ हजार ४ सय रुपैयाँसहित १० जना, र कञ्चनपुरको पर्वत होटलबाट २३ हजार ८ सय ३५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार, जुवातास खेलाउने र खेल्ने दुवै समूहविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार जुवा नियन्त्रणका लागि अपरेशनलाई थप व्यापक बनाइनेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button