हेडलाईनसमाचारगण्डकी

गण्डकीका दुई मन्त्रीबीचको शक्ति संघर्षले चर्कियो लमजुङ तरुण दल अधिवेशन: खुकुरी प्रहारमा चार घाइते

•विजय अधिकारी (प्रहार संवाददाता) । लमजुङ, ४ जेठ २०८२ आइतवार । लमजुङको बेसीशहरमा सम्पन्न नेपाल तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र हिंसात्मक बनेको छ। अधिवेशनको सुरुवातमै एक पक्षले अर्का पक्षमाथि खुकुरी, तरबार र रड प्रहार गर्दा चार जना घाइते भएका छन्। घाइतेमध्ये नेविसंघका केन्द्रीय सदस्य सुदिप अधिकारीलाई चितवन, तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ र सदस्य शंकर सापकोटालाई काठमाडौँ रिफर गरिएको छ। नेपाली कांग्रेसका जिल्ला सदस्य किशोरजङ्ग बस्नेत भने उपचारपछि घर फर्किएका छन्।

घप्रत्यक्षदर्शीहरूका अनुसार, घटनामा तरुण दलको संस्थापन पक्षबाट इतर पक्षका नेतामाथि योजनाबद्ध आक्रमण भएको हो। घाइते बस्नेतले कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ, सचिव कृष्णबहादुर अधिकारी र पूर्वक्षेत्रीय सभापति बृषराज गुरुङले उक्साएको आरोप लगाए। बस्नेतले चेतावनी दिँदै भने, “यदि आक्रमणकारीहरूलाई कारवाही भएन भने, भोलि अरू काँग्रेसकर्मी कुटिए हामीलाई पनि दोष दिन पाइँदैन।”

घटनाको मूल कारण अधिवेशनमा कार्यसमिति निर्विरोध बनाउने नाममा पुराना सदस्यहरूलाई हटाएर मनपरी प्रतिनिधि चयन गर्नु रहेको घाइतेहरू बताउँछन्। उनीहरूका अनुसार, वार्ताको नाममा बोलाई हतियार प्रहार गरिएको हो। उद्घाटन सत्रमा पूर्वअध्यक्ष जितजङ्ग बस्नेत र वर्तमान केन्द्रीय अध्यक्ष विधान गुरुङको उपस्थितिमै घटना भएको हो। कांग्रेसभित्रको गुटबन्दी र असन्तोषले यस्तो अवस्था निम्त्याएको कांग्रेसका एक पुराना कार्यकर्ताले बताए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button