हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

अमेरिकामा भीषण आँधी : कम्तीमा २५ को गयो ज्यान

प्रहार समाचार । अमेरिका, ४ जेठ २०८२ आइतवार । अमेरिकामा मिसौरी र केन्टुकी राज्यमा आएको शक्तिशाली टोर्नाडोका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ भने मृत्यु संख्या अझै बढ्न सक्ने अधिकारीहरूको अनुमान छ। केन्टुकीमा १४ र मिसौरीमा ७ जनाको मृत्यु पुष्टि भएको छ। टोर्नाडोले हजारौँ भवन ध्वस्त बनाएको छ भने लाखौँ घरमा विद्युत सेवा अवरुद्ध भएको छ।

स्रोतमै ठूलो क्षति, उद्दार जारी :
टोर्नाडोले मिसौरीको सेन्ट लुइस क्षेत्र र केन्टुकीको लरेल काउन्टीमा ठूलो क्षति पुर्‍याएको छ। सेन्ट लुइसमा ३८ जना घाइते भएका छन् भने धेरै घरका छाना उडेका छन्, रुख ढलेका छन्। स्थानीय प्रशासनले प्रभावित क्षेत्रहरूमा राति कर्फ्यू लगाई उद्दार तथा खोजी कार्य तीव्र पारेको छ।

टोर्नाडो अलर्ट: अन्य राज्यहरू पनि जोखिममा :
राष्ट्रिय मौसम सेवाका अनुसार टोर्नाडोको प्रभाव इलिनोइस र उत्तरी टेक्साससम्म फैलिन सक्ने चेतावनी दिइएको छ। “टोर्नाडो एली” भनिने क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। मे र जुन महिनामा यस्ता प्राकृतिक विपद् अक्सर हुने गरेकाले उच्च जोखिमको चेतावनी जारी गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button