प्रहार समाचार । मकवानपुर , २५ बैशाख २०८२ । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट प्रहीले नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोहि उपमहानगरपालिका-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारी रहेका छन्।
उनको साथ बाट प्रहरीले नेपाली ५ सय दरका १ सय ८६ थान नोट बरामत गरेको थियो ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी चालक अधिकारीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
























