प्रहार समाचार । तनहुँ, २५ बैशाख २०८२ बिहीबार । धनगढी उपमहानगरपालिका-७ देवरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ परेका छन्। त

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-८ मनेहरा बस्ने २२ वर्षीय प्रकाश राना रहेको प्रहरीले जनाएको छ। रानाको साथ बाट १ सय ८० मिलिग्राम उक्त पदार्थ बरामत गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित बुधवार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडी बढाइरहेको जनाएको छ ।
























