हेडलाईनव्याससमाचारगण्डकीमनोरञ्जन

२५६९ औ बुद्ध जयन्ती मनाइँदै : तनहुँको दमौलीमा साँस्कृतिक एवं लाइभ कन्सर्ट कार्यक्रम हुने

• सुशील बि. क.( प्रहार संवाददाता ) । तनहुँ, २४ बैशाख २०८२ बुधवार । विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्धको २५६९ औ बुद्ध जयन्तीको अवसरमा यही बैशाख २९ गते दमौलीमा साँस्कृतिक एवं लाइभ कन्सर्ट आयोजना हुने भएको छ ।

एलायन्स क्लब अफ तनहुँको आयोजनामा कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा द एक्स ब्राण्डका साथ स्थानीय व्याण्ड तथा भिक्टोरी जंङगल डान्सको प्रस्तुती रहने क्लबका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए ।

कन्सर्ट प्रवेश टिकट शुल्क प्रतिव्यक्ति रु३ सय ५० र दुई जनाको रु ५ सय कायम गरिएको पौडेलले बताउनुभयो । उक्त लाइभ कन्सर्टबाट आएको रकम सामाजिक कार्यमा खर्च गरिने क्लबले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button