हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

आज विश्व रेडक्रस दिवस : तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा रक्तदान 

• सुशील बि.क.( प्रहार संवाददाता ) तनहुँ, २५ बैशाख २०८२ बिहीवार । तनहुँको व्यास -१, विज्ञानचौरमा रहेको  आदिकवि भानुभक्त क्याम्पसमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा  ७८ पिन्ट रगत सङ्कलन भएको सर्कलले  जनाएको छ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय  समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले आपतकालीन समयमा रगत नपाइने अवस्था सिर्जना हुनु भन्दा पहिला नै रगत ब्लड बैंकमा  पुर्याउन सकिएमा धेरै जनाको ज्यान जोगाउन सकिने बताए । कार्यक्रममा क्याम्पस संचालक समितिका सदस्य मोहन गिरी, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश महासचिव रामदत्त  पौडेल, रेडक्रस  तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खले र स्ववियु सभापति अनुप आले मगर लगायतले रु दान जिवन दान भएकोले रक्त दान गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रम नेरेसो क्षेत्रीय रक्त संचार चितवनको प्राविधिक सहयोगमा सम्पन्न भएको  उक्त कार्यक्रममा तनहुँ जिल्ला जुनियर युवा समितिका संयोजक बिमल गिरी,  सदस्य सुमन थापा, नेविसंघ तनहुँका  अध्यक्ष अशिष कैनी, उपनायक दिलिप पोख्रेल  सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, सागर पौडेल, I आई क्यू एसी  प्रमुख विश्वशेर तिमलसेना, विभागिय प्रमुखहरु, कर्मचारी संघ उपसभापति सुदर्शन पोख्रेल, प्रध्यापक तथा कर्मचारीहरु , स्ववियु पदाधिकारी एवं सदस्यहरु, क्याम्पसमा दर्ता भएको विभिन्न विद्यार्थी विषयगत तथा समाजिक क्लबका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु, युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको पदाधिकारी एवं सदस्यहरु लगायत विद्यार्थीहरूकोको उपस्थिती रहेको थियो ।

सर्कलका अध्यक्ष सुमन खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा  यूवा रेडक्रस सर्कल  आदिकविका शिक्षक नायक रुपक श्रेष्ठले स्वागत र  कार्यक्रमको सहजिकरण सचिव मौसमी थापाले गरेकी थिइन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button