प्रहार समाचार । तनहुँ, २५ बैशाख २०८२ बिहिवार । क्षेत्रीय हाेटल संघ तनहुँकाे १७ औ वार्षिक साधारणसभा तथा १० औ अधिवेशन आज दमौलीमा सम्पन्न भएको छ।

अधिवेशनले चन्द्रकुमार कायस्थकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे वरिष्ठ उपाध्यक्षमा बिकास खनाल , प्रथम उपाध्यक्षमा बिपीन प्रधान , द्धितीय उपाध्यक्षमा रामचन्द्र खड्का , सचिवमा सीता पहारी र काेशाध्यक्षमा संगीता प्रधान चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा सुरज गुरूङ , ईश्वर प्रसाद लामिछाने र सुनिल खड्का चयन भएका छन् ।
त्यस अगाडि भएको कार्यक्रमकाे क्षेत्रीय हाेटल संघका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा कानुनी सल्लाहकार कमलामाेहन वाग्ले , सल्लाहकार महेन्द्र माेहन भट्टराई , द्धितीय उपाध्यक्ष विपीन प्रधान ,आँबुखैरेनी बजार इकाईका सभापति कुमार श्रेष्ठ , दमाैली बजार इकाईका सभापति बालकृष्ण आले , डुम्रे बजार इकाईका सभापति सन्तोष थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका महासचिव रामचन्द्र खड्काले महासचिवको प्रतिवेदन तथा कोषाध्यक्ष विज्ञान कैनीले कोषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष जीवन शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष बिकास खनालले स्वागत र कार्यक्रमकाे सहजिकरण महासचिव रामचन्द्र खड्काले गरेका थिए ।
























