हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतले सैन्य आक्रमण थाले पछि पाकिस्तानको पञ्जाव राज्यमा आपत‍्काल घोषणा : विद्यालयहरु बन्द

प्रहार समाचार । पाकिस्तान, २४ बैशाख २०८२ बुधवार । अपरेसन सिन्दुर’ नाम दिएर भारतले सैन्य आक्रमण थाले पछि पाकिस्तानको पञ्जाव राज्यमा आपत‍्काल घोषणा गरिएको छ ।

भारतले कास्मिरको पहलगाममा भएको आतंककारी हमलाको जवाफमा पाकिस्तानका विभिन्न नौ स्थानमा सैन्य आक्रमण गरेपछि पाकिस्तानमा आपत‍्काल घोषण गरेको त्यहाँ स्थित स संञ्चार माध्यमहरुले जनाएका छन् ।


भारतको यो आक्रमणपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो एक्स ह्यान्डलमा ‘भारत माता की जय’ लेखेका छन् । उता, पाकिस्तानी प्रधानमन्त्री भारतले गरेको युद्धको जवाफ दिने अधिकार पाकिस्तानलाई रहेको बताएका छन् ।


भारतका केही मिडियाले पाकिस्तानले पनि जवाफी आक्रमण भएको जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्था डानले लेखेको छ, “भारतले लगाएको यो युद्धको उचित जवाफ दिन पाकिस्तानलाई पूर्ण अधिकार छ र उचित जवाफ दिइँदैछ । सम्पूर्ण राष्ट्र पाकिस्तानी सशस्त्र सेनाको साथमा छ र सम्पूर्ण पाकिस्तानी राष्ट्रको मनोबल र भावना उच्च छ ।”
भारत र पाकिस्तानबीचको तनावग्रस्त अवस्थालाई ध्यानमा राख्दै दुवै देशका केही क्षेत्रमा स्कुल र कलेज बन्द गरिएका छन्। बीबीसी हिन्दीका अनुसार पाकिस्तानको राजधानी इस्लामाबाद र भारतको पन्जाब प्रान्तमा विद्यालयहरू बन्द गरिएका छन्।

यसैबिच भारतले पाकिस्तानमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई लाजमर्दो भएको टिप्पणी गरे । उनले भनेका छन्, ‘यो लाजमर्दो कुरा हो । मलाई लाग्छ, लडाईँ हुन सक्ने अनुमान पहिले नै थियो । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ ।’

उता संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button