प्रहार समाचार । तनहुँ, २४ बैशाख २०८२ बुधवार । जिल्ला प्रहरी कार्यालय तनहुँ समयको परिवर्तन सङ्गै प्रविधि मैत्री बन्दै जान थालेको छ।

प्रहरी सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, जवाफदेही, पारदर्शी बनाई नागरिक सु-सम्बन्ध एवम् सुशासन कायम राख्न उजुरी/गुनासो प्रेषित गर्ने माध्यमलाई प्रविधि मैत्री बनाउनको लागि क्यू आर कोर्ड मङ्गलबाट सुरु भएको कार्यालयका सूचना एवं प्रहरी नायव उपरिक्षक अशोक थापाले बताए ।



















