हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

जुवातास खेलिरहेको अवस्थामा तनहुँमा आठ जना पक्राउ : ‘आपराधिक कृयाकलाप गर्नेलाई छाडिँदैन ।’ – एस पी शाही

प्रहार समाचार । तनहुँ, २४ बैशाख २०८२ बुधवार । तनहुँको व्यास  नगरपालिका-३ महर्षीटोलबाट जुवातास खेलिरहेका आठ जुवाडेहरुलाई प्रहरीले पक्राऊ गरेको छ।

स्थानिय बुद्धि थापाको घरमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा घर धनि थापा समेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५० रूपैयाँ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक( एस पी ) बीरेन्द्र बहादुर शाहीले प्रहार समाचारलाई बताए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय जिल्लामा हुने अबैध धन्दा, आपराधिक कृयाकलाप गर्नेहरु प्रति खरो रूपमा अगाडी बढेको देखिन्छ । यस अघि  जिल्ला प्रहरी कार्यालय तनहुँले व्यास नगरपालिका वडा नं २ दमौलीमा व्यूटि पार्लर व्यवसायी गर्ने एक महिलालाई पक्राउ गरेको थियो। यौन सम्पर्कमा आउने गरेका युवतीसँग कमिसन लिएर युवती मिलाइदिने गरेको आरोपमा ४२ वर्षीय पार्वतीलाई पक्राउ गरेको थियो । आलेलाई यही वैशाख १९ गते पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको तनहुँका प्रहरी उपरीक्षक एसपी वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । जिल्लामा शान्ति तथा अमन चयन कायम गर्ने र नागरिकलाई सुरक्षा दिने गलत क्रियाकलाप गर्नेहरूलाई दण्डित गर्ने प्रहरीको काम नै भएकोले अगाडि बढिएको एसपी शाहीले बताए ।


तनहुँमा एसपी शाही आएसँगै अवैध रुपमा कर छली, चोरी डकैती, लागू औषध ओसारपसार तथा फरार प्रतिवादी नियन्त्रण लगायतका कार्यमा उल्लेखनीय प्रगति भएको देखिन्छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button