हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतद्वारा पाकिस्तान अधिनस्थ कश्मीरमा  हवाई हमला : ३० जनाको मृत्यु भएको पुष्टि

प्रहार समाचार । भारत, २४ बैशाख २०८२ बुधवार । भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा रहेका ९ ‘आतंकवादी अड्डाहरू’मा हवाई हमला गरेको छ । गए  राति साढे १ बजे ‘अपरेशन सिन्दूर’ अन्तर्गत बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा आक्रमण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारत सरकारले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘यो कारबाहीले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई लक्षित गरेको छ, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको र कार्यान्वयन गरिएको थियो।’

पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार बहावलपुरमा भएको हवाई आक्रमणपछि ३० जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएनआईका अनुसार जैश-ए-मोहम्मदका ४, लश्कर-ए-तैयबाका ३ र हिजबुल मुजाहिदीनका २ आतंकवादी लुकेका ठाउँहरूलाई निशाना बनाइएको थियो।

उता पाकिस्तानको सरकारी समाचार च्यानल पीटीभी न्यूजले आक्रमणको क्रममा पाकिस्तानी सेनाले २ वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button