हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

आज विश्व प्रेस स्वतन्त्रता दिवस :  तनहुँमा प्रभातफेरी कोणसभा एवं पत्रकारको स्वास्थ्य परीक्षण सम्पन्न

प्रहार समाचार । तनहुँ, २० बैशाख २०८२ शनिवार । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा नेपाल पत्रकार महासंघ तनहुँको आयोजनामा आज विहान दमौली बजारमा प्रभातफेरी गरिएको छ ।  व्यास नगरपालिका-३, अनसनचौतारीबाट सुरु भएको प्रभातफेरी सफासडक, न्युरोड, नेपाल पत्रकार महासङ्घ कार्यालय, मालपोत लाइन हुँदै पुनः अनसनचौतारीमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताउँदै प्रेस स्वतन्त्रता रक्षाका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए । नेपाल बार एशोसिएसन तनहुँका अध्यक्ष डम्बरदेव हड्खलेले संविधानमै प्रेस स्वतन्त्रता उल्लेख भएको बताउँदै त्यसका लागि सबै प्रतिबद्ध हुनुपर्ने चर्चा गरे ।

शाखा अध्यक्ष धनपति अधिकारी (डिपी) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य प्रदीप काफ्ले, निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्व अध्यक्षहरु डम्बरबहादुर अधिकारी, ओमकार आचार्य, प्रेस युनियन तनहुँका अध्यक्ष गोरा मियाँ, प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठ लगायतले प्रेस स्वतन्त्रताको विषयमा चर्चा गरेका थिए । शाखाका उपाध्यक्ष प्रताप रानाले स्वागत गरेको कार्यक्रमको सहजिकाण सचिव कृष्ण न्यौपानेले गरेका थिए ।

यसैबिच आज यसै अवसरमा तनहुँका पत्रकारको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना, प्रदेश अस्पताल दमौली र प्रदेश जनस्वास्थ्य कार्यालयको सहयोगमा आज जिल्लास्थित पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

स्वास्थ्य परीक्षणमा २६ जना पत्रकारको नसर्ने रोगको परीक्षण गरिएको आपतालले दमौली  जनाएको छ। त्यसक्रममा पाँच जना महिला पत्रकारको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ समेत गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा प्रत्येक जिल्लामा स्वास्थ्य परीक्षण गर्न गरेको परिपत्र बमोजिम जिल्लामा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको थियो । 

विश्व प्रेस स्वतन्त्रता दिवस हरेक वर्ष मे ३ तारिखका दिन मनाइन्छ। विश्वभरिका सञ्चारकर्मीहरूको स्वतन्त्रता, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको संरक्षणका लागि जागरूकता फैलाउने उद्देश्य राख्छ। यो दिवसले  सन् १९९३देखि संयुक्त राष्ट्रसंघले यो दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको हो। यो दिनले प्रेसमाथि गरिने दमन, सेन्सरशिप तथा पत्रकारहरूमाथिको आक्रमणको विरुद्ध आवाज उठाउने अवसर प्रदान गर्छ र स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिताको महत्त्व स्मरण गराउँछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button