हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरपालिका नगरप्रमुख  न्यौपाने उरुग्वेमा :  ५औं विश्व शान्ति नगर तथा भू-क्षेत्र फोरममा प्यानलिस्टको रूपमा सहभागि

प्रहार समाचार । तनहुँ, २० बैशाख २०८२ शनिवार । व्यास नगरपालिका नगरप्रमुख वैकुन्ठ न्यौपाने उरुग्वे पुगेका छन्। नगर प्रमुख न्यौपाने २०२५ मे २ र ३ मा उरुग्वेको राजधानी मोन्टेभिडियोमा  ५औं विश्व शान्ति नगर तथा भू–क्षेत्र फोरममा प्यानलिस्टको रूपमा सहभागिता जनाउन उरुग्वे पुगेका हुन्।

न्यौपाने मोन्टेभिडियो शान्ति फोरममा मोन्टेभिडियोका नगरप्रमुख माउरिसियो जुनीनोको  निमन्त्रणा प्यानलिस्टको रूपमा सहभागिता जनाएका उनको सचिवालयले जनाएको छ।

नगर प्रमुख न्यौपाने व्यास नगरपालिका र संयुक्त शहर र स्थानीय सरकारहरू – एशिया प्रशान्तको कार्यकारी बोर्ड सदस्यको रूपमा पनि प्रतिनिधित्व गरिरहेका छन।

उक्त फोरमको आयोजना मोन्टेभिडियो नगरपालिका मोन्टेभिडियो इन्टेन्डेन्सिया), MVD 300, र संयुक्त शहर र स्थानीय सरकारहरूद्वारा गरिएको हो ।

विश्वभरका स्थानीय सरकार प्रमुखहरू, नीति निर्माता र सामाजिक अभियन्ताहरूको सहभागिता रहेको सो कार्यक्रमका सहभागीहरूको सम्पूर्ण खर्च आयोजक मन्टेभिडियो नगरपालिकाले उपलब्ध गराएको छ।

हिंजो २ मे २०२५ को दिन, नगरप्रमुख न्यौपानेले आयाम ४: समुदायहरूसँग काम गर्ने/सहकार्य अन्तर्गतको प्यानल सत्रमा सहभागिता जनाएर धारणा राखेका थिए । नगर प्रमुख न्यौपानेले  स्थानीय सरकार र समुदायबीचको संवाद, सामाजिक विश्वास निर्माण, सहिष्णुता प्रवर्द्धन, भेदभावविरुद्धको पहल र ती पहलहरूमा समुदायको सहभागिता कसरी सुनिश्चित गर्न सकिन्छ भन्नेबारेमा आफ्ना अनुभवहरू  बताएका थिए ।

यो सहभागिताले व्यास नगरपालिकाको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउनुका साथै नेपालको स्थानीय तहको दृष्टिकोणलाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको सचिवालयले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button