व्यासहेडलाईनसमाचारगण्डकी

समाजसेवी पौडेलको  उदाहणीय कार्य :  जन्मथलो तनहुँको रिस्तीमा एक घर एक बिरूवा बितरण गर्दै

प्रहार समाचार । तनहुँ, २० बैशाख २०८२ शनिवार । तनहुँका समाजसेवी एवं रिस्ती बिकास समाजका अध्यक्ष नवीनराज पौडेलले जन्मथलो तनहुँको व्यास-८ बाहुनपोखरा रिस्तीमा ‘एक घर एक बिरूवा’ बितरण गर्ने अभियानमा लागेका छन्।

वातावरण प्रदूषण, बाढी, पहिरो लगायतले समग्र विश्वजगतलाई पिरोली रहेको परिप्रेक्ष्यमा समाजसेवी पौडेलले  आफ्नो  जन्मदिनको अबसर पारेर फुलाइलको बिरुवा वितरण गर्न लागेका हुन्।  ‘आफु जन्ममेको स्थानमा केही गरौ भन्ने भावनाले वातावाण संरक्षणमा टेवा मिल्छ तथा स्वास्थ्यका लागि फलफूल अति आवश्यक पर्ने भएकाले यो अभियान थालेको हुँ ।’ – पौडेलले भने ।  २ लाख  लागतका फलफुलका बिरूवा रिस्ती बिकास समाज मार्फत स्थानिय वडा  कार्यालयको समन्वयमा बितरण गरिने उनले जनाए ।

ताईवानी उन्नत जातका आँप, लिचि,एभोगाडो, सुन्तला, मेवा, अम्बा, अनार, कागती, मौसम र जुनारका बिरूवा बितरण गरिने उनले बताएका छन्। यि फलफुलका बिरूवा बार्हमासै फल्ने फलफुल हो ।समुन्द्रि सतहबाट ३५०० मिटरसम्म रोप्न मिल्ने खालको आधुनिक र बिकासि फलफुल बितरण गरेर घरघरमा फलफुल फलाउने अभियान चलाएको रिस्ति बिकास समाजले जनाएको छ। ६ सय  घरधुरीलाई प्रत्येक घरमा एकएकवटा बिरूवा बितरण गरिनेछ ।

यसअघि पनि पौडेलले जन्मदिनको अबसरमा  फजुल खर्च कटाएर बृद्दबृद्दालाई भोजन, सामुदायिक बिद्यालयको लागी पुस्तकालय र्याक साथै गरिब बिपन्न बिधार्थीलाई छात्राबृति र खेलकुद सामाग्री लगायत बितरण लगायतका सामाजिक सेवा गर्दै आएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button