हेडलाईनव्याससमाचारगण्डकी

पानीको पाईप फुट्दा तनहुँको व्यास -१ मा पानीको हाहाकार

प्रहार समाचार । तनहुँ, १३ बैशाख २०८२ शनिवार । व्यास नगरपालिका–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खिरखाँदी तथा कराँदी मुहानबाट ल्याएको खानेपानीको मुख्य पाइपलाइन पहिरोकाकारण फुट्दा व्यास नगरपालिका वडानम्बर १ आसपासमा पानीको हाहाकार हुन पुगेको छ।

व्यास–१३ स्थित खिरखाँदी तथा करादी मुहानबाट ल्याइएको खानेपानीको मुख्य स्रोत रहेको मुख्य पाइपलाइन पहिरोका कारण फुटेपछि उपभोक्तामा पानी वितरणमा समस्या भएको संस्थाका व्यवस्थापक अध्यक्ष चिज बहादुर दरैले बताए । ‘५/६ जना कामदारले हिंजो देखिने काम गरिहेका छन् छिटो पाइप जोड्ने काममा लागेका छौँ । ‘ अध्यक्ष दरैले बताए । ‘संस्थाले करिब १३ किलोमिटर लामो दुरीबाट खानेपानी ल्याएर उपभोक्तालाई वितरण गर्दै आएको छ । लामो दुरीबाट ल्याइएको यस खानेपानीले समय समयमा पाइप फुटेर समस्या उत्पन्न गराएको छ। 

बर्षायाममा बाढी र पहिरोका कारण सास्ती भोग्नुपरेको छ भने हिउँदको समयमा पाइप फुटेर दुख दिने गरेको सो संस्थाले जनाएको छ । अहिले खानेपानी पाइपको मर्मतसंम्भार गर्ने कार्य भैरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठ बताउँछन्। ‘जति सक्यो छिटो पाइप जोडेर खानेपानी सूचार गराउने तिर लागेका छौ।’ श्रेष्ठले भने ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button