प्रहार समाचार । तनहुँ, १३ बैशाख २०८२ शनिवार । तनहुँको भानु नगरपालिकाको पुरानडिही नगर अस्पतालमा शुक्रवार निशुल्क महिला स्वास्थ शिविर संचालनका साथ प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिंग तथा व्यवस्थापन कार्यक्रममा सम्पन्न भएको छ।

स्वास्थ्य शाखा फुस्रेटारको आयोजनामा प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रिनिङ्ग तथा व्यवस्थापन कार्यक्रम अन्तर्रगत उक्त नि: शुल्क महिला भ शिविरमा स्तन क्यान्सर परिक्षण, आङ खस्ने समस्या परिक्षण, पाठघरको मुखको क्यान्सको परिक्षण, अन्सटे ट्रिक फिस्टुला आदिको परिक्षण गरिएको थियो। उक्त शिविरबाट ५१ जना महिलाहरुले सेवा लिएको पुरानडिही नगर अस्पतालको मेडिकल अधिकृत सुलोचना न्यौपानेले जानकारी दिइन् ।

उक्त शिविरमा मेडिकल अधिकृत इच्छा थापा, नर्सिंग कर्मचारी अनिशा दर्लामी, लक्ष्मी अधिकारी, बिना अधिकारी पुजा यादव साथै पुरानडिही नगर अस्पतालको सम्पूर्ण कर्मचारीहरुले सहजीकारण गरेका थिए । कार्यक्रममा भानु नगरपालिका उपप्रमुख उमा गोतामे लगायत विभिन्न वडाका वडा अध्यक्ष, नगरपालिका कर्मचारीले स्वास्थ चेक जाचका साथै अनुगमन गरेको नगरपालिकाले जनाएको छ ।



























