हेडलाईनसमाचारप्रदेश

अछामको साफेबगर बजारको हाटबजारमा भीषण आगलागी : १० पसल जलेर खरानी, करोडौंको क्षति

प्रहार समाचार । अछाम, १३ बैशाख २०८२ शनिवार । गर्मी बढे सङ्गै  आगलागिका घटनाहरु  दिनप्रतिदिन बढ्न थालेको छ। पछिल्लो समय अछामको साफेबगर पुरानो बसपार्क सङ्गै रहेको  हाटबजारमा भीषण आगलागी हुँदा १० पसल खरानी भएका छन्।

शनिवार बिहान उक्त बजारमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयकाले जनाएको छ । आगलागि  स्थानीय प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरमा विद्युत सर्ट भएर शुरू भएको बताइएको छ।

आगो अन्य पसलमा फैलिँदा १० वटा पसल जलेर नष्ट भएका हुन् । प्रहरी र स्थानीयको सहयोगमा आगो बिहान ६ बजे नियन्त्रणमा लिइएको थियो ।आगलागिबाट कुनै मानवीय क्षति नभएको जिल्ल प्रहरी कार्यालय अछामले जनाएको छ । जलेर नष्ट भएका पसलहरुमा साँफेबगर नगरपालिका ३ बस्ने गंग बहादुर कुवरको काल भैरव जनरल स्टोर, मकर कुवरको रिभरसाईड नास्ता पसल, टिका कुवरको ब्युटी पार्लर, ज्ञानेन्द्र कुँवरको डाक मोवाईल ग्यालरी, दिक सुनार कालभैरव सुन चाँदी पसल,भिम कुवरको रोडसाईड रेष्टुरेन्ट, सुमन कुवरको ई.भी. काउन्टर एण्ड पसल, किसोर भाटको नास्ता पसल, सुरेस कुवरको सितल होटेल ऐण्ड गेष्ट हाउस जलि पुर्ण रुपमा क्षेती भएको जनाइएको छ। पसलहरु जलेर खरानी भएपछि करोडौँको क्षति हुन पुगेको बताइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button