• सुशिल बि. क.( संवाददाता ) प्रहार समाचार । तनहुँ, १२ बैशाख २०८२ शुक्रवार । तनहुँको व्यास नगरपालिकाले १४ गते आइतवारदेखि नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरु सञ्चालन गर्न विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेले आज विज्ञप्ती जारीगर्दै व्यास नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयसँग सम्बन्धित प्रधानाध्यापक, शिक्षकहरुलाई आग्रह गरेका हुन् ।
‘सवै सामुदायिक विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सञ्चालन गर्न सहयोग पुऱ्याउनुहुन र सम्पूर्ण अभिभावकलाई आफ्नो वालवालिकालाई विद्यालयमा उपस्थित गराई पठनपाठन सञ्चालनमा सहयोग गरिदिन आग्रह गर्दछु ।’ नगर प्रमुख न्यौपानेले भनेका छन् ।
‘विद्यमान शिक्षक आन्दोलनका विषयमा यसअघि प्रेस विज्ञप्ति जारी गरी आन्दोलनका विषयहरूमा समर्थन र विद्यालय सञ्चालनमा सहयोग पुर्याउन अनुरोध गरिएको विद्दितै छ । शिक्षक आन्दोलनको मुख्य माग विद्यालय शिक्षा ऐन जारी गर्न र आफ्ना समस्याहरू ऐनमार्फत सम्बोधन होस् भन्ने विषय सान्दर्भिक नै भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘संसदबाट ऐन पारित गर्न निश्चित प्रक्रिया पार गर्नुपर्ने र त्यसले समय लिन सक्ने हुँदा ऐन जारी नहुँदासम्म शिक्षकहरु विद्यालय सञ्चालनमा सहभागी नहुने सन्दर्भले सामुदायिक विद्यालयमा पढाउने अभिभावक र विद्यार्थीहरुलाई गम्भीर असर पर्ने देखिएको सो विज्ञप्ति मार्फत जनाईएको छ ।
जिल्लाका कतिपय पालिकाहरुबाट समेत यस सम्वन्धमा आफ्नो धारणा स्पष्ट गरी विद्यालय सञ्चालनमा सहयोग पुर्याउन आह्वान समेत गरिएको छ । यस्तो छ विज्ञप्ति:



























