हेडलाईनसमाचारप्रदेश

गुल्मी पालिकाको  शिक्षकलाई कडा चेतावनी : कि पढाउन आउनु नत्र राजीनामा दिनु 

प्रहार समाचार । गुल्मी, १२ बैशाख २०८१ शुक्रवार । लामो समय सम्म पालिकाका सामुदायिक  विद्यालयहरु शिक्षक आन्दोलनका कारण नखुलेपछि पालिकाले शिक्षकहरुलाई कि पढाउन आउनु नत्र राजीनामा दिनु भनेर कडा चेतावनी दिएको छ।

गुल्मीको कालीगण्डकी गाउँपालिकाले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई वैशाख १४ गते देखि विद्यालयमा अनिवार्य उपस्थित हुन र पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ।

साथै उक्त समयमा उपस्थित हुन नसक्ने शिक्षक कर्मचारीले राजीनामा दिन तथा सरुवा प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button